मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:४०

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेश प्रदेशसँग सम्बन्धित १० हजार ७ सय ४६ वटा रहेका छन् । यो देशभर दर्ता भएका ४० हजार ८ सय ४२ उजुरीको २६.३१ प्रतिशत हो । अख्तियारको बर्दिबास कार्यालयले आज (सोमबार) मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष प्रस्तुत गरेको ३६औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशगत रूपमा बागमतीपछि मधेशमा सबैभन्दा बढी उजुरी परेको हो ।

मधेशमा परेका उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित संख्या सबैभन्दा धेरै ७ हजार ३ सय ७० रहेको छ । त्यस्तै प्रदेश सरकारसँग सम्बन्धित १ हजार ४ सय ७५ र संघीय सरकारसँग सम्बन्धित १ हजार ९ सय १ उजुरी दर्ता भएका छन् । जिल्लागत रूपमा धनुषामा २ हजार १ सय १ उजुरी परेका छन्। देशभर काठमाडौंपछि धनुषामा दोस्रो धेरै उजुरी परेको हो । त्यस्तै पर्सामा १ हजार ४ सय ४, महोत्तरीमा १ हजार ३ सय ९३, बारामा १ हजार ३ सय १८, सप्तरीमा १ हजार २ सय ३, सिरहामा १ हजार १ सय ७६ र रौतहटमा १ हजार १ सय ४९ उजुरी दर्ता भएका छन् ।

प्रतिवेदनले मधेशमा स्थानीय तहसँग सम्बन्धित उजुरीको चाप उच्च रहेको भन्दै सेवा प्रवाह, सार्वजनिक खरिद, पूर्वाधार निर्माण र प्रशासनिक काममा जोखिम पहिचान गरी लक्षित अनुगमन तथा छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले उजुरीको संख्या धेरै देखिएकाले त्यसको निरुपणमा आयोग थप प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए ।

अख्तियारको बर्दिबास कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी ३ हजार ८ सय ३६ उजुरी थिए। तीमध्ये २ हजार ५ सय ८ अर्थात् ६५.३८ प्रतिशत फछ्र्योट भएको कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले बताए । बाँकी १ हजार ३ सय २८ उजुरी आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।

कार्यालयमा परेका उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित १४.६७ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७.०८ प्रतिशत र अन्य विषयका १०.४६ प्रतिशत छन् । देशभर आयोगमा दर्ता भएका उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित २० हजार २५, संघसँग सम्बन्धित १५ हजार ५ सय १२ र प्रदेशसँग सम्बन्धित ५ हजार ३ सय ५ रहेका छन् । तीमध्ये प्रारम्भिक छानबिनबाट ३२ हजार ८ सय २३ अर्थात् ८०.३७ प्रतिशत उजुरी फछ्र्योट भएका छन् ।

आयोगले विस्तृत अनुसन्धानपछि निर्णय गरेका ७ सय ८७ उजुरीमध्ये १ सय ७५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये मधेश प्रदेशसँग सम्बन्धित ४० वटा मुद्दा रहेका छन् ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×