
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुङ्गो लगाएको छ।
आइतबार (आज) बसेको सचिवालय बैठकले खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार विधिले माग गरेअनुसार ४८ महिला र ९ पुरुषको नामावली टुङ्गो लगाएको र नामावली आजै निर्वाचन आयोगमा बुझाउने छ ।
निर्वाचन आयोगले यी नामावली रुजु गरेर प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताए ।
























