हावाहुरी र असिनापानीले धनकुटामा व्यापक क्षति

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १३:०१
फायल फोटो ।

धनकुटा । सोमबार साँझ आएको विनाशकारी हावाहुरी र असिनापानीले धनकुटामा लाखौँ रुपैयाँ बराबरको भौतिक तथा कृषि बालीमा क्षति पुर्‍याएको छ । हावाहुरीका कारण सरकारी कार्यालय, शिक्षण संस्था, निजी घर, गोठ र सडक पूर्वाधारमा ठूलो नोक्सानी भएको छ ।

हावाहुरीले सडकछेउका रुख ढालेपछि सोमबार रातिदेखि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड मंगलबार बिहानबाट मात्र सञ्चालनमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सडकमा खसेका रुख र अवरोध हटाएपछि यातायात पुन: सुचारु भएको हो ।

लोक सेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय र निजामती विद्यालयका भवनमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ । विवरण आएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय लिइने उनले बताए ।

हावाहुरीबाट प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै, जिल्लाका अधिकांश क्षेत्रमा घरका छाना उडेका छन् भने केही परिवार त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।

विद्युततर्फ ३३ केभी प्रसारण लाइनमा रुख ढल्ने र तार चुँडिने समस्या देखिएपछि सोमबार रातिदेखि जिल्लाभर सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले मंगलबार साँझसम्म कम क्षति भएका क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भइरहेको बताए । प्राधिकरणले चट्याङका कारण मिटर वा वायरिङमा क्षति पुगेको आशंका भएमा तुरुन्त मेन स्विच बन्द गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरतकुमार थापा क्षत्रीले हालसम्म मानवीय क्षति नभएको पुष्टि गरे । प्रहरीले जिल्लाभरका गोठ र कृषि बालीमा भएको क्षतिको थप विवरण संकलन गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.