कम्बोडियामा अलपत्र परेका नेपालीको उद्धार

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १०:१३

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । अनलाइन स्क्यामिङ, ठगी गर्ने क्यासिनो र अन्य गैरकानुनी काममा संलग्न रहेका र बिनाभिसा बसिरहेका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्दार गरेको हो ।

उद्धार कार्य दूतावासको पहल र कम्बोडियाली सरकारको सहयोगमा सम्पन्न भएको छ । उद्दार गरिएका नेपालीहरूलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहयोगमा बुधबार काठमाडौं पठाइएको थियो ।

उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । दूतावासले दिएको जानकारी अनुसार अलपत्र परेका अन्य नेपालीको पनि उद्धारको प्रयास जारी छ ।

कम्बोडियामा कठिन परिस्थितिमा परेका नेपालीहरूले बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूलाई सम्पर्क गर्न सक्ने छन् । तथ्यांक अनुसार सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए । सन् २०२५ मा करिब ९ हजार ६७० जना पुगेका छन् ।

दूतावासले प्रलोभनमा नपरी सरकारको तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर विदेशी मुलुकमा काम गर्न सचेत गराएको छ । विदेशी भूमिमा अलपत्र परेका नेपालीहरूको सुरक्षा र स्वदेश फर्कने प्रक्रियामा दूतावास सक्रिय छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.