मोरङको सुन्दरहरैँचामा टिपरसँग स्कुटर ठोक्किँदा किशोरको मृत्यु

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १२:२४
प्रहरीको नियन्त्रणमा रहेको टिपर ।

विराटनगर । मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ मा बाँसबारीमा बिहान १०ः३० बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा–४ का सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको छ ।

स्कुटरको पछाडि सवार रहेका काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।

उनका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षणमै उपचार भइरहेको छ ।

बालुवा लोड गरिएको टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलय बेलबारीका वरिष्ठ सई डम्बर थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रकाशित समाचारमा मृतकको नाम मौसम काफ्ले हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । स.

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.