मन्त्रिपरिषद १८ सदस्यीय बनाउने तयारी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ०८:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनसँगै सानो आकारको मन्त्रिपरिषद बनाउने गृहकार्य अघि बढाएको छ । १८ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको नेताहरूले बताएका छन् ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद बनाउने लक्ष्य राखिएको छ । उनले करिब १८ सदस्यभित्रै मन्त्रिपरिषद सीमित गर्ने गरी आन्तरिक तयारी भइरहेको जानकारी दिए । मन्त्रालयको संख्या घटाउने, केही मन्त्रालय गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विकल्पमाथि समेत छलफल भइरहेको उनले बताए ।

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । सोही अवसरमा सबै मन्त्रीहरूले एकैसाथ शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको शपथपछि तत्काल संसदीय दलको बैठक बोलाएर मन्त्रिपरिषदको पूर्ण टुंगो लगाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.