जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरणका लागि अन्तिम मौका

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ११:३७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूलाई अन्तिम पटक मौका दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते घाइतेहरूको वर्गीकरण गरिने जानकारी दिएको हो ।

विविध कारणले यसअघिका प्रक्रियामा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो अन्तिम आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । वर्गीकरण प्रक्रियामा सहभागी हुन चाहने घाइतेहरूले चैत २० गते शुक्रबार दिउँसो १२ बजेभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

प्रशासनका अनुसार आवेदनका लागि उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र साथमा हुनुपर्नेछ । वर्गीकरणका लागि घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ । यसअघि २०८२ मंसिर ५, मंसिर १२ र माघ १८ गते विभिन्न चरणमा घाइतेहरूको वर्गीकरण सम्पन्न भइसकेको प्रशासनले प्रस्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.