होर्मुजबाट नेपाली पक्राउ

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १६:५१
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । इरानले विवादित मानिएको होर्मुज जलडमरूमध्य क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार यसको औपचारिक जानकारी दिएको हो ।

मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार पक्राउ पर्ने नेपालीको नाम अमृत झा रहेको छ । उनी रहेको पानीजहाजका सबै सदस्यलाई इरानले नियन्त्रणमा लिएको र सोही क्रममा एक नेपाली पनि परेको जानकारी दिइएको हो ।

हालै बढ्दै गएको इरान र अमेरिकाबीचको तनावका कारण होर्मुज क्षेत्र पुनः तनावग्रस्त बनेको छ । विश्वका प्रमुख तेल आपूर्ति मार्गमध्ये एक मानिने उक्त समुद्री नाकाबाट दैनिक ठूलो मात्रामा कच्चा तेल ओसारपसार हुने गर्दछ ।

इरान र अमेरिका बीचको तनाव तथा इजरायलसँगको द्वन्द्व चर्किएपछि इरानले होर्मुज क्षेत्रको आवागमनमा कडाइ गर्दै आएको छ । सो क्षेत्रमा रहेका जहाजहरूमा कडाइपूर्वक निगरानी र नियन्त्रण बढाइएको देखिन्छ ।

पक्राउ परेका नेपालीको अवस्थाका बारेमा थप विवरण आउन बाँकी रहेको छ । सरकारले आवश्यक कूटनीतिक पहल अघि बढाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.