बिहारबाट वर्षा गराउने प्रणाली नेपाल प्रवेश गर्दै

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार ०९:०६

काठमाडौं । भारतको बिहारबाट नेपाल प्रवेश गरेको वर्षा गराउने प्रणालीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा वर्षा हुने सम्भावना देखिएको छ ।

मौसमविद्हरूका अनुसार उक्त प्रणाली नेपालभित्र पहिले नै सक्रिय रहेको मौसमी अवस्थासँग ठोक्किने भएकाले केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार यो प्रणाली गोरखपुर–बगाहा क्षेत्र हुँदै नेपाल प्रवेश गरी उत्तर–पूर्वतर्फ सर्दैछ ।

यसको प्रभाव विशेषगरी चितवन जिल्लामा बढी पर्ने देखिएको छ । भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि प्रणाली धादिङ र उत्तरी मकवानपुर हुँदै काठमाडौं उपत्यकामा पुग्ने अनुमान गरिएको छ ।

तर, उपत्यकामा पुग्दासम्म प्रणाली कमजोर हुने भएकाले भारी वर्षाको सम्भावना कम रहेको जनाइएको छ । वर्षा अधिकतम तीन घण्टासम्म रहने अनुमान गरिएको छ । मौसमविद्हरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.