सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड अवरुद्ध

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार ११:२५

पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै खसेको ढुङ्गा र लेदोका कारण राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन समस्या परेको छ । पानी पर्न छाडेपछि मात्र सडकमा जम्मा भएको लेदो र ढुङ्गा हटाएर यातायात सुचारु गरिने प्रहरीले जनाएको छ । सडक बन्द भएपछि बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र गुल्मी जाने तथा उताबाट बुटवलतर्फ आउने सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।

प्रहरीले वर्षात्को समयमा सो क्षेत्रमा थप पहिरो खस्ने जोखिम रहेकाले पानी नरोकिएसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रामा निस्किएकाहरूलाई सुरक्षित स्थानमा रहन वा सम्भव भए वैकल्पिक मार्गको प्रयोग गर्न समेत सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.