घरमा चट्याङ पर्दा बिर्तामोडमा धनमाल क्षति

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १५:३२

झापा । झापाको बिर्तामोड नगरपालिका–७ गरामनीमा शुक्रबार राति चट्याङ पर्दा एक घरमा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय गणेश श्रेष्ठको दुई तले पक्की घरमा हावाहुरी र पानीसँगै परेको चट्याङले विद्युत प्रणालीमा क्षति पुऱ्याएको हो।

प्रहरीका अनुसार चट्याङका कारण घरमा जडान गरिएको विद्युतीय मिटर बक्स, पानी तान्ने एक थान मोटर र घरभरिको सम्पूर्ण वाइरिङ तार जलेर नष्ट भएको छ।

आगोले विद्युतीय सामग्री र वाइरिङमा पुऱ्याएको कुल क्षति करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा मानवीय वा चौपाया क्षति भने भएको छैन। मध्यरातमा परेको चट्याङले विद्युतीय उपकरण नष्ट गरे पनि घरका सदस्यहरू सुरक्षित छन्। जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय चट्याङका घटनाहरू बढ्दै गएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.