मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १०:५७

विराटनगर। मोरङको रंगेलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना युवकको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्।

शनिबार राति रंगेली नगरपालिका–७ पोखरी टोलस्थित विराटनगर–रंगेली हुलाकी सडक खण्डमा दुर्घटना भएको हो। रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको बीआर ३८ एओ १७५० नम्बरको भारतीय मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको हो। दुर्घटनालगत्तै गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि बसेका सोही स्थानका २२ वर्षीय अनर्जित मण्डल घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र हाल विराटनगरकै नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको टोली खटिएर प्रारम्भिक अनुसन्धान गरेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी आँपगाछीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.