पहिरोले अवरुद्ध रवि-राँके-भेडेटार सडक सञ्चालनमा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १४:२१

धनकु। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्ड आज (आइतबार) देखि पुनः सञ्चालनमा आएको छ।

शनिबार अपराह्न करिब साढे ४ बजे अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा यो मार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि सवारी साधन चल्न थाले पनि सो क्षेत्रमा अझै पहिरो खस्ने जोखिम कायमै छ। पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले उक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

निर्माणाधीन सडक भएकाले वर्षा हुनासाथ लेदोसहितको पहिरो आउने सम्भावना अझै रहेको प्राविधिकहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.