२१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १८:४१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले ४६ करोड १५ लाख ८४ हजार ४२४ रुपैयाँ बिगो दाबी गर्दै आइतबार आरोपपत्र दायर गरेको हो । मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित अन्य पदाधिकारी तथा ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्ति प्रक्रियामै अनियमितता भएको पाइएको छ । प्राधिकरणका उच्च अधिकारीहरूले स्वीकृत बजेट प्रयोग नगरी राज्यलाई थप आर्थिक भार पर्ने गरी आन्तरिक स्रोतबाट ५० करोडभन्दा बढी लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.