विमानस्थलमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्क

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार ०७:१८

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अब छुट्टै डेस्क सञ्चालन गरिने भएको छ ।

अध्यागमन विभागका अनुसार आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिने तयारी गरिएको हो । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ ।

विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क व्यवस्थापन गर्न निर्देशन दिएको छ । लामो समयदेखि एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले उठाउँदै आएको मागअनुसार यो निर्णय गरिएको हो ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयको निर्णयप्रति स्वागत जनाउँदै यसले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई सम्मानको अनुभूति गराउने बताएका छन् । साथै, यस कदमले नेपाली पहिचानलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने विश्वास व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.