दुबई उडान थप

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार १६:४७

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमका अनुसार २५ मार्च र २७ मार्चमा काठमाडौंबाट दुबईका लागि अतिरिक्त उडान राखिएको हो ।

यी उडानहरू स्थानीय समय अनुसार राति ११ः१५ बजे काठमाडौंबाट प्रस्थान गर्नेछन् । सोही उडान तालिका अनुसार दुबई–काठमाडौं रुटमा भने क्रमशः २६ र २८ मार्चमा फर्कने उडान तय गरिएको छ ।

निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्च अवधिमा टिकट लिएका तर यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिइनेछ । साथै, २५ र २७ मार्चका उडानमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण (रि–कन्फर्म) गर्नुपर्नेछ । सिट उपलब्धताका आधारमा ‘पहिले सम्पर्क गर्ने, पहिले सेवा’को आधारमा यात्रु छनोट गरिने निगमले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.