मध्यपूर्वको हवाई प्रतिबन्धले काठमाडौंका ६ अन्तर्राष्ट्रिय उडान ठप्प

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ०६:४५

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रत्यक्ष असर परेको छ ।

सोमबार मात्रै काठमाडौंबाट सञ्चालन हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार प्रभावित हुने उडानहरूमा जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका सेवाहरू रहेका छन् ।

मध्यपूर्वतर्फको हवाई मार्ग असुरक्षित बनेपछि उडानहरू रोक्नुपरेको जानकारी उनले दिए । उडान रद्द भएपछि यात्रुहरूमा अन्योल देखिएको छ ।

विमानस्थल प्रशासनले भने यात्रु व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित एयरलाइन्स र निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । साथै, यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

मध्यपूर्वको अवस्थाले अझै अनिश्चितता कायम गरेकाले उडान तालिका प्रभावित हुने सम्भावना कायमै रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.