इन्धन बचतका लागि सवारीमा जोरबिजोर प्रणालीको छलफल

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ०९:३२

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएसँगै नेपालमा इन्धन अभावको जोखिम बढेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अमेरिकी डलरमा प्रति ब्यारेल १०२ डलरसम्म पुग्दा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो । यस परिस्थितिलाई मध्यनजर गर्दै सरकारले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ ।

यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग परामर्श एवं छलफल सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारीसाधनलाई नम्बर प्लेटको आधारमा चलाउने विषयमा छलफल भइसकेको भए पनि लागू गर्ने मिति तय नभएको जानकारी दिएका छन् ।

साथै, इन्धन बचतका लागि विद्युतीय सवारीसाधन र अन्य वैकल्पिक ऊर्जाको प्रयोग बढाउन पनि सरकारले आग्रह गरेको छ । सरकारको योजना लागू भएमा सवारीसाधनको आवागमन सीमित भएर इन्धनको माग घट्ने छ ।

विज्ञहरुका अनुसार यस्तो व्यवस्था लागू गर्दा इन्धन संकट कम गर्ने मात्र नभई प्रदूषण घटाउने र सार्वजनिक यातायातलाई प्रोत्साहित गर्ने प्रभाव पनि पर्न सक्छ । हालको चरणमा मन्त्रालय र विभागले विभिन्न यातायात कम्पनी, ट्याक्सी संघ र पेट्रोल पम्प सञ्चालकसँग विस्तृत परामर्श गरिरहेको छ । निर्णय हुने वा नहुने भन्ने यकिन भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.