लेटाङमा प्रहरीकाे ‘हिरासत पुस्तकालय’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार १४:४२

विराटनगर । माेरङकाे लेटाङमा रहेकाे  इलाका प्रहरी कार्यालय लेटाङले हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरेको छ ।

‘थुनुवाकाे  हात-हातमा किताब’ अभियन सुरु गरेकाे प्रहरी कार्यालयले साेमबार हिरासत कक्षमा पुस्तकालय स्थापना गरेकाे  हाे ।

हिरासतमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार ल्याउन पुस्तकालय  सुरु गरेकाे इलाका प्रहरी कार्यालय लेटाङका इञ्चार्ज प्रहरी निरीक्षक  सागर साहले जानकारी दिए ।  पुस्तकालयमा जीवन उपयाेगी पुस्तक राखिएकाे उनले बताए ।

पुस्तकालय स्थापनाका लागि साेमबार लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान  पुस्तक पनि उपलब्ध गराएकाे थियाे ।  साहका अनुसार पुस्तकालयका लागि आवश्यक पर्ने  पुस्तक तथा सामग्रीहरू संकलन गर्ने क्रम जारी छ । इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय माेरङकाे हिरासत कक्षमा पनि  पुस्तकालय स्थापना गरिएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.