इटहरीको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १०:३८

विराटनगर । सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरमा भीषण आगलागी भएको छ ।

अहिले केही बेरअघिबाट आगलागी सुरु भएको हो । उक्त क्याफे इटहरी उपमहानगरपालिका–६ मा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन । वरपरका र टाँसिएका घरहरु जोखिममा परेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, दमकल र स्थानीय खटिएका छन् । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.