इटहरीको आगो नियन्त्रणमा

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १२:५०

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।

आगो मुख्यतः क्याफेको भान्सा कोठाबाट फैलिएको बताइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् ।

आगलागी कसरी भयो भन्ने यकिन छैन । प्रहरीले अनुसन्धान र क्षतिको विवरण संकलन गरिरहेको छ । आगलागी नियन्त्रणका लागि धरान, रामधुनी, इनरुवा, विराटनगर र सुन्दरहरैँचाबाट वारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियताले आगो चाँडै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

हालसम्म आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । स्थानीयले आगलागी नियन्त्रणमा आएका कारण थप क्षति नपुग्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.