
काठमाडौं । बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।
























