बागमती प्रदेशबाट सबैभन्दा बढी ५ मन्त्री, कुन प्रदेशबाट को ?

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १३:५८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा बागमती प्रदेशबाट सबैभन्दा बढी ५ जना मन्त्री समावेश भएका छन्। बागमती प्रदेशबाट शिशिर खनाल (काठमाडौँ–६) परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ (काठमाडौँ–८) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सस्मित पोखरेल (काठमाडौँ–५) शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा. विक्रम तिमिल्सिना (नुवाकोट–१) सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोबिता गौतम (चितवन–३) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।

गण्डकी प्रदेशबाट ३ जना मन्त्री बनेका छन्। डा. स्वर्णिम वाग्ले (तनहुँ–१) अर्थमन्त्री, सुदन गुरुङ (गोरखा–१) गृहमन्त्री र गणेश पौडेल (कास्की–१) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन्। लुम्बिनी प्रदेशबाट सुनिल लम्साल (रुपन्देही–१) भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन्।

कर्णाली प्रदेशबाट सीता वादी (समानुपातिक) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्। सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरका २ जना समानुपातिक सांसद मन्त्री बनेका छन्- गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, र प्रतिभा रावल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन्। कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री र मधेस प्रदेशबाट महोत्तरी–२ का दीपककुमार शाह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.