
काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनमा दमन गरेकाे आराेपमा उनी पक्राउ परेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पक्राउ परेको पुष्टि गरे ।
उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
























