रंगेलीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १४:३६

विराटनगर । मोरङको रंगेलीमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बबियाबिर्ताबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश ०३–००१ त ७१५१ नम्बरको ट्याक्टरले बिहान ८ः४५ बजेतिर रंगेली नगरपालिका–१ पोखरी टोलमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट रंगेली–१ का ५० वर्षीय होली ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ बिहान ९ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् । दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक रंगेली–२ का २५ वर्षीय सिपक ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.