सुरक्षा जोखिम बढेपछि आयोगका अध्यक्ष कार्कीलाई सैन्य ब्यारेकमा राख्ने तयारी

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार २०:१९

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीपछि उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ। कार्की नेतृत्वको आयोगकै सिफारिसका आधारमा शनिबार ओली र लेखक पक्राउ परेपछि नेकपा (एमाले) का कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

दिनभर काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र झडप भएपछि कार्कीमाथि भौतिक आक्रमण हुन सक्ने भन्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको हो। स्रोतका अनुसार कार्कीलाई सुरक्षित स्थानका रूपमा सैन्य ब्यारेकभित्र राख्ने गृहकार्य सुरु भएको छ।

यसैगरी, भक्तपुरको गुण्डुस्थित कार्कीको निजी निवासमा पनि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमालेका नेता तथा कार्यकर्ताहरूले यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.