
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका एक व्यक्ति फरार प्रतिवादी रहेको पुष्टि भएको छ। शनिबार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार सूचीमा रहेको भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार धमला दुईवटा बैंकिङ कसुर मुद्दामा फरार थिए। उनले बबरमहलमा एक निजी स्कोर्पियो गाडी तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले धमलालाई थुनामा राखेर थप अनुसन्धान अघि बढाउने बताएको छ। शनिबारको प्रदर्शनका क्रममा पक्राउ परेका अन्य ६ जनालाई भने प्रहरीले रिहा गरिसकेको छ।
























