
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउलाई ‘गैरकानुनी’ ठहर गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरिएको छ। दुवै पक्षले छुट्टाछुट्टै तर एकैसाथ रिट निवेदन पेस गर्ने तयारी गरेका हुन्।
अध्यक्ष ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी गरेकी छन् भने एमाले निकट कानुन व्यवसायीहरूले यसको वकालत गर्नेछन्। आज आइतबार निवेदन दर्ता भएमा भोलि सोमबार यसको सुनुवाइ हुनेछ।
जेनजी आन्दोलनमा दमन गरेको र मानवीय क्षति पुर्याएको आरोपमा ओली र लेखकलाई चैत १४ गते शनिबार उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो। नेकपा एमालेले यो गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रह र गैरकानुनी भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
























