एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न माग

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार ११:५१

काठमाडौं। नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेकी छन्। पाठकले जिल्ला प्रहरी परिसर काठमाडौँमा बस्नेतविरुद्ध निवेदन दिएलगत्तै सरकारी वकिलको कार्यालय पुगेर कानुनी प्रक्रिया अघि बढाउन माग गरेकी हुन्।

पाठकले विगत ११ वर्षदेखि बस्नेतले आफूलाई यौन शोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छन्। उनले ती घटनाको निष्पक्ष छानबिन गरी बस्नेतलाई तत्काल नियन्त्रणमा लिनुपर्ने जिकिर गरेकी छन्।

लामो समयदेखि यो विषयमा आवाज उठाउँदै आएकी पाठकले आइतबार प्रहरी र सरकारी वकिल दुवै निकायलाई दबाब दिएकी हुन्। प्रहरीले भने प्राप्त निवेदन र आरोपका विषयमा आवश्यक कानुनी परामर्श र अध्ययन भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.