पूर्वप्रधानमन्त्रीत्रयको सम्पत्तिमाथि सीआईबीको अनुसन्धान सुरु

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १३:०१

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उनीहरूको चल-अचल सम्पत्ति र आम्दानीको स्रोतबारे सुक्ष्म अध्ययन भइरहेको छ।

यसै अनुसन्धानको सिलसिलामा प्रहरीले आइतबार बिहान पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई नियन्त्रणमा लिएको छ। खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले आजै अदालतबाट म्याद लिने तयारी गरेको छ।

गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीपछि पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको अवस्थामा मुद्राका टुक्राहरू भेटिएका थिए। पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम फेला परेको थियो। सम्पत्ति शुद्धीकरण विभागले सोही समयमा ती रकमहरू संकलन गरी अनुसन्धानको दायरामा राखेको थियो।

अनुसन्धानका लागि प्रमाण नष्ट हुन सक्ने भन्दै स्थानीय प्रशासनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ। आगजनीबाट क्षतिग्रस्त भवन भत्काएर नयाँ संरचना बनाउने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा प्रहरीले कामदार हटाएर निर्माण कार्य रोक्का गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.