चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ०६:५४

काडमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा आज (मंगलबार)को मौसम मिश्रित रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएर चट्याङसहित वर्षाको सम्भावना देखिएको छ । मंगलबार दिउँसो कोशी र मधेश प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ ।

ती क्षेत्रका केही स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । तराई क्षेत्रमा भने आंशिक बदलीसँगै मौसम प्रायः खुला रहने जनाइएको छ ।

यस्तै, रातिको समयमा पनि कोशीसहित हिमाली क्षेत्रहरूमा बदली कायमै रहनेछ । पहाडी भू–भागमा आंशिक बदली रहँदा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । महाशाखाले विशेषगरी चार प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.