
काठमाडौं । मन्त्रिपरिषद् बैठकले संघीय सरकारका ६ जना सहसचिवहरूको सरुवा तथा कामकाज तोक्ने निर्णय गरेको छ ।
चैत १६ गतेको निर्णयअनुसार प्रदीप परियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । परियारले अब प्रधानमन्त्रीको निजी सचिवका रूपमा कार्य गर्नेछन् ।
त्यसैगरी, टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङमा, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङमा र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजका लागि पठाइएको छ । त्यस्तै, ज्ञानहरि घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ भने नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा सो अन्तर्गतका निकायमा सरुवा गरिएको छ ।
























