बीपी राजमार्ग सुचारु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार ०८:०९

काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात पुनः सुचारु भएको छ । काभ्रेपलाञ्चोकको पनौती, नमोबुद्ध र दाप्चा क्षेत्रमा मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण जोखिम बढेपछि काभ्रेपलाञ्चोकको चौकीडाँडा–नेपालथोक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

वर्षा रोकिएपछि जोखिम घटेकाले बुधबार बिहानैदेखि सवारी आवागमन पुनः सञ्चालन गरिएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनका अनुसार होल्डमा राखिएका सवारीसाधन काभ्रेभन्ज्याङ र नेपालथोकबाट गन्तव्यतर्फ पठाइएको छ ।

निर्माणाधीन अवस्थामा रहेको बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ । लगातार वर्षापछि रोकिएको आवागमन पुनः खुल्दा स्थानीय तथा लामो दूरीका सवारीसाधनलाई सहज भएको छ । उक्त सडक खण्ड अहिले सामान्य रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.