
काठमाडौं । मुगु र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहानका राति २ः२२ बजेतिर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
मुगुको धैनकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै क्षति पुगेको जानकारी भने आएको छैन ।
























