उपसभामुख निर्वाचनको पूर्वसन्ध्यामा रवि र ज्ञानेन्द्रबीच भेटवार्ता

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १३:००

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा भएको उक्त भेटवार्ता करिब एक घण्टासम्म चलेको थियो।

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबीचको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटघाटका क्रममा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्र अवलम्बन गरिने साझा रणनीतिका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ।

रास्वपाबाट यसअघि नै डीपी अर्याल सभामुख पदमा निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ। सोही कारण रास्वपाले उपसभामुख चयनका लागि सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति देखिएको छ। सोही सन्दर्भमा दुई शक्तिबीच सहकार्यको सम्भावनाबारे प्रारम्भिक छलफल भएको बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.