सरकारी कार्यालयको समय फेरियो : आजबाट बिहान ९ देखि साँझ ५ बजेसम्म

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०६:१२

काठमाडौं । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूको परिवर्तन गर्दै आज (सोमबार)देखि नयाँ समय तालिका लागू गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार अबदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछन् ।

यो व्यवस्था सोमबारदेखि लागू भएको जनाइएको छ । साथै, कार्यालयहरूमा शनिबार र आइतबार साप्ताहिक बिदा रहने निर्णय गरिएको छ ।

सरकारले कार्यसमय निर्धारण गर्दा मौसमी अवस्थालाई समेत ध्यानमा राखेको देखिन्छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय घटाएर बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गरिएको छ । चिसो मौसममा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

यस निर्णयले सरकारी सेवा प्रवाहमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ । लामो समयदेखि फरकफरक निकायमा फरक समय तालिका हुँदा सेवाग्राहीलाई झन्झट हुने गुनासो आइरहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.