गृहमन्त्रीद्वारा राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा आकस्मिक छड्के

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १२:०६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा सोमबार बिहान आकस्मिक छड्के अनुगमन गरेका छन्।

मन्त्री गुरुङले दुवै कार्यालयको सेवा प्रवाह, कर्मचारीको अनुशासन र हालै चर्चामा रहेको वेबसाइट ह्याकको विषयमा प्रत्यक्ष जानकारी लिएका हुन्।

अनुगमनका क्रममा उनले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलासुस्ती र यसका कारण सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति विशेष चासो देखाएका छन्।

सेवाग्राहीले भोग्नुपर्ने झन्झटलाई न्यूनीकरण गर्दै सेवालाई कसरी छिटो छरितो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनले कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन्।

नागरिकको व्यक्तिगत विवरणसँग जोडिएका संवेदनशील निकायको सुरक्षा र चुस्त व्यवस्थापनका लागि मन्त्रालयले प्राथमिकता दिने उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.