२१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १५:५५

काठमाडौं। प्रतिनिधिसभाको सोमबार बसेको बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा रहने गरी गठन भएको यस समितिलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

समितिमा अच्युतम लामिछाने, अफ्साना बानु, आरेन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल र खुस्बु ओली रहेका छन्। त्यस्तै गणेश सिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगा लक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्र कुमार केरुङ र प्रकाश चन्द्र परियार पनि समितिमा समेटिएका छन्।

समितिका अन्य सदस्यहरूमा निशा डाँगी, बोध नारायण श्रेष्ठ, मिना कुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिन कुमार आचार्य रहेका छन्। यो समितिले संसद्को बैठकलाई व्यवस्थित बनाउन, कार्यसूची तय गर्न र सदनको प्रभावकारिता बढाउन सभामुखलाई आवश्यक परामर्श तथा सहयोग प्रदान गर्नेछ। सदस्यहरूको नामावली सभामुख अर्यालले बैठकमा पढेर सुनाएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.