
काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा)को आज (मंगलबार)को बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिने भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
























