६ देशका राजदूत फिर्ता बोलाइए

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १२:४२

काठमाडौं । सरकारले विभिन्न ६ देशमा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतहरुलाई एक महिनाभित्र नेपाल फर्किन औपचारिक पत्राचार गरिसकेको छ ।

फिर्ता बोलाइएका राजदूतहरुमा भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ रहेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सोही निर्णय कार्यान्वयन गर्दै सोमबार नै सम्बन्धित दूतावासहरुलाई पत्र पठाइएको उनले जानकारी दिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा राजनीतिक नियुक्तिबाट राजदूत पठाएको थियो ।

तीमध्ये केहीलाई अघिल्लो अन्तरिम सरकारले नै फिर्ता बोलाइसकेको थियो भने बाँकी रहेका ६ जनालाई वर्तमान सरकारले पनि फिर्ता बोलाउँदै कूटनीतिक टोली पुनर्गठनको प्रक्रिया अघि बढाएको देखिन्छ । यसरी राजदूत फिर्ता बोलाउँदा सरकार परिवर्तनसँगै कूटनीतिक नियुक्तिमा हुने फेरबदललाई पुनः उजागर गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.