मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १३:०७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम यो नयाँ मर्यादाक्रम कायम गरिएको हो।

नयाँ व्यवस्था अनुसार यसअघि मर्यादाक्रमको तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अहिले पाँचौँ नम्बरमा पुगेका छन्। दोस्रो स्थानमा डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन्।

त्यस्तै, तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ। प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् भित्रको जिम्मेवारी र कार्यविभाजनलाई मध्यनजर गर्दै यो हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.