अरुण नदीले बगाउँदा ट्याक्टरका सहचालक बेपत्ता

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार २०:३३

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ नरकटेमा अरुण नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीका अन्दाजी २० वर्षीय केदार अधिकारीलाई मंगलबार दिउँसो ३ बजेतिर अरुण नदीले बगाएर बेपत्ता बनाएको धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए । उनका अनुसार महालक्ष्मी–३ का झलक भुजेलसहित अधिकारी ट्याक्टर लिएर बालुवा लिन अरुण नदीमा गएको पाइएको छ ।

भुजेल प्र १–०२–००३ त ३२१९ नम्बरको ट्याक्टरका चालक र अधिकारी सहचालक रहेको प्रहरीले जनाएको छ । ट्याक्टर लिएर बालुवा लिन गएका उनीहरुमध्ये अधिकारीलाई पौडी खेल्ने क्रममा नदीले बगाएको एसपी थापा क्षेत्रीको भनाइ छ ।

स्थानीय र प्रहरीले खोजी गर्दा पनि अधिकारीलाई फेला पार्न नसकिएको उनले बताए । सबैतिर घटनाको जानकारी गराएर खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थल लेगुवाबाट अन्दाजी ५ किलोमिटर दक्षिणमा पर्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.