
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन परिसरस्थित बहुउद्देश्यीय हलमा बस्ने तय भएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहा (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् ।
त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । उक्त बैठकमा पनि प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
दुवै बैठकमा सार्वजनिक वित्त, विकास व्यवस्थापन र सुशासनसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
























