भारतीय सवारीको ‘डे पास’ दुरुपयोग रोक्न माग

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १४:१८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेशको अनुमति (पास) दुरुपयोग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतीय सवारीका कारण नेपाली यातायात व्यवसायी र सवारी चालकहरू प्रत्यक्ष मारमा परेको बताएकी हुन् ।

सांसद डाँगीका अनुसार नियमअनुसार एक दिनको पास लिएर आएका भारतीय सवारी साधन सोही दिन फिर्ता जानुपर्ने भए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । ती सवारीहरू नेपालमै बसेर निजी तथा सार्वजनिक सवारीका रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिइन् । ‘भन्सार शुल्क तिरेर भित्र्याइएका नेपाली सवारीलाई यसले प्रत्यक्ष प्रभाव पारेको छ,’ डाँगीले भनिन् ।

आफ्नो निर्वाचन क्षेत्र मेचीनगर मात्र नभई प्रत्येक सीमा क्षेत्रमा यो समस्या विकराल रहेको उनले उल्लेख गरिन् । भारतीय सवारीका कारण दुर्घटना भएमा पीडितले क्षतिपूर्ति पाउनसमेत समस्या हुने गरेको उनको भनाइ छ । सांसद डाँगीले सीमा नाकामा कडा अनुगमन गर्न र ‘डे पास’ को नाममा भइरहेको अवैध सञ्चालनलाई तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.