चक्कु प्रहार गरेर दाजुभाइको हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार ०६:५९

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरेर दुई जना दाजुभाइको हत्या गरिएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले आक्रमण गरेका हुन् ।

Advertisement

गम्भीर घाइते अवस्थामा रहेका दाजुभाइलाई उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको बोगटीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधबार साँझ एक सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको थियो ।

फोनमै भनाभन बढ्दै जाँदा एकअर्कालाई नचिनेका व्यक्तिबीच तनाव सिर्जना भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाएको खुलेको छ । इमाडोलबाट पुगेका दाजुभाइमाथि मासु पसलमा काम गर्ने सञ्जीवले घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।

घटनापछि प्रहरीले सञ्जीव नेपालीसहित अन्य एक जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.