खाली घरमा आगलागी

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार ०७:३२
प्रतीकात्मक तस्बिर

झापा । झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा बुधबार राति आगलागी हुँदा एउटा खाली घर जलेको छ ।

स्थानीय घनश्याम खतिवडाको टिनको छानो र बाँसको टाटीले बनेको एकतले खाली घरमा आगो लागेको प्रहरीले जनाएको छ । स्थानीय, नेपाल प्रहरी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा राति ८ः२० बजेतिर आगो नियन्त्रणमा लिइएको हो ।

आगोले घरसहित घरभित्र रहेका फर्निचर र लत्ताकपडा जलेर पूर्णरूपमा नष्ट भएको छ । प्रहरीका अनुसार घटनामा ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीको कारण प्रष्ट हुन सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जनाउँदै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.