लाइसेन्स छपाइ तीव्र गतिमा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार ०६:२३

काठमाडौं । लामो समयदेखि थन्किएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र पारिएको छ । हाल दैनिक झन्डै ४० हजार प्रतिसम्म लाइसेन्स छापिन थालेको छ ।

यसअघि दैनिक ५–६ हजार मात्रै लाइसेन्स छपाइ हुन्थ्यो । सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा काम सञ्चालन गर्दै छपाइ तीव्र गतिमा गरिरहेको हो । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार बिहान ७ देखि दिउँसो ३ र दिउँसो ३ देखि राति १ बजेसम्म छपाइ भइरहेको छ ।

यातायात व्यवस्था विभागबाट प्राप्त विवरण २४ घण्टाभित्रै छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था सुरु भएपछि काम झन् तीव्र बनेको छ । हाल करिब २९ लाख लाइसेन्स छाप्न बाँकी रहेको र २०८३ असार मसान्तसम्म सबै सक्ने लक्ष्य राखिएको ढुंगानले बताए ।

आवश्यक कार्डमध्ये १२ लाख प्राप्त भइसकेको र थप १७ लाख ल्याउने तयारी भइरहेको छ । छापिएका लाइसेन्स हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइँदैछ भने सेवाग्राहीले आफ्नो लाइसेन्सको अवस्था अनलाइनबाटै हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विगतमा छपाइ सुस्त हुँदा सेवाग्राहीले तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने छपाइ र वितरण दुवै प्रणाली सुधारिएकाले सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.