उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १८:५९
रुवीकुमारी ठाकुर ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई भारी मतान्तरले पराजित गर्दै ठाकुर निर्वाचित भएकी हुन् ।

प्रतिनिधि सभामा भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।

सभामुख डीपी अर्यालले निर्वाचनको परिणाम सार्वजनिक गर्दै ठाकुर उपसभामुखमा चुनिएको सभालाई जानकारी गराए । ठाकुरलाई उनको आफ्नै दल श्रम संस्कृतिका साथै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए ।

राप्रपाले भने यो निर्वाचनमा एकल प्रतिस्पर्धा गरेको थियो, तर उसको प्रस्ताव बहुमतले अस्वीकृत भयो । अर्कोतर्फ, संसदको ठूलो दल नेकपा एमालेले भने यस निर्वाचन प्रक्रियामा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको थियो । नवनिर्वाचित उपसभामुख ठाकुरले अब संसदीय प्रक्रियामा सभामुखलाई सहयोग गर्ने जिम्मेवारी सम्हाल्नेछिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.