नौ दिनमै सकियो संसद् अधिवेशन

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार ०६:११

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

चैत १९ गतेबाट सुरु भएको अधिवेशन जम्मा नौ दिन मात्रै सञ्चालनमा रह्यो । यस अवधिमा प्रतिनिधिसभामा छ वटा बैठक बसेका थिए भने कुल १० घण्टा ५० मिनेट संसदीय कामकाज भएको थियो । अधिवेशनका क्रममा सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नुका साथै मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी तीन अध्यादेश स्वीकृत भएका छन् ।

साथै, विभिन्न विधेयकका सन्देश टेबुल हुनुका साथै वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पेस गरिएको छ । यसै अधिवेशनबाट प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी) र उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.