संविधान संशोधन: मुद्दा पहिचान गर्न कार्यदलको बैठक बस्दै

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार १३:०५

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक आज (शनिबार) सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक जारी रहेको हो।

बैठकमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा र उठेका विषयहरू संकलन गरी संशोधनका मुख्य मुद्दाहरू पहिचान गर्ने विषयमा छलफल भइरहेको छ। संयोजक साहका अनुसार कार्यदलले आगामी कार्ययोजना तय गर्दै संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमति र तथ्यका आधारमा अघि बढाउने लक्ष्य राखेको छ।

संशोधनका क्रममा निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री हुन नपाउने व्यवस्था, गैरदलीय स्थानीय सरकार र प्रदेश संरचनाको सुधारजस्ता गम्भीर विषयमा व्यापक बहस गरिने उनले बताए। नेपालको संविधानको धारा २७४ ले गरेको व्यवस्थाअनुसार सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेकका अन्य विषयमा जनभावनाअनुसार सुधार गरिने कार्यदलको तयारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.